माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित

सारांश

  • जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजमा भएका अनियमितताको सन्दर्भमा छानबिनको लागि दिएको मागहरूको सम्बोधन नभएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् ।
  • कलेजमा बिएएसडब्लु संकायमा अध्ययनरत विद्यार्थीहरूको हक हितका लागि सगठित संस्था जीपी केएमसी स्टुडेन्ट वेलफेयर क्लवले चार दिनको समयावधि सहित आइतबार विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन् ।
  • विज्ञप्ति अनुसार मिति २०८१÷०५÷२२ गते कलेजमा अध्यनरत बिए एस डब्लुका सम्पूर्ण विद्यार्थीहरूको हस्ताक्षर सहित बुझाइएको ६ बुँदे लिखित मागपत्रको सन्दर्भमा कुनै पनि सम्बोधन नभएको बताइएको छ ।

२ वैशाख, काठमाडौं ।

जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजमा भएका अनियमितताको सन्दर्भमा छानबिनको लागि दिएको मागहरूको सम्बोधन नभएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् । कलेजमा बिएएसडब्लु संकायमा अध्ययनरत विद्यार्थीहरूको हक हितका लागि सगठित संस्था जीपी केएमसी स्टुडेन्ट वेलफेयर क्लवले चार दिनको समयावधि सहित आइतबार विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन् । विज्ञप्ति अनुसार मिति २०८१÷०५÷२२ गते कलेजमा अध्यनरत बिए एस डब्लुका सम्पूर्ण विद्यार्थीहरूको हस्ताक्षर सहित बुझाइएको ६ बुँदे लिखित मागपत्रको सन्दर्भमा कुनै पनि सम्बोधन नभएको बताइएको छ । ‘कुनै पनि बुँदामा स्पष्ट सम्बोधन नभएको र यो गम्भीर समस्या भएकाले विद्यार्थीहरुको कल्याणको पक्षमा नरहेको साथै माग सम्बोधन नहुनु वा गर्न नचाहनु अत्यन्त निन्दनीय कार्य ‍भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘विद्यार्थीहरूले निरन्तर रुपमा माग सम्बोधनको लागि दबाब दिँदा पनि कलेज प्रमुख जस्तो महत्त्वपूर्ण व्यक्तिले भोलिवाद  प्रवृत्ति प्रस्तुत गर्नु अत्यन्त दुखद रहेको र विज्ञप्ति निकालेको  ४ दिनभित्र मागहरू सम्बोधन तथा सोही मितिबाट पूर्ण रुपमा कार्यान्वयन गर्न अनुरोध सहित विज्ञप्ति टासिंएको जनाइएको छ ।’ विज्ञप्तिको बेवास्ता गरिएको खण्डमा विद्यार्थीहरू थप रचनात्मक विरोधका कार्यक्रमहरु ल्याउने उल्लेख गरिएको छ । विद्यार्थीहरू सकारात्मक संवाद र वार्ताको लागि  हर–बखत तयार बताएका छन् ।

यस्ता छन्  विद्यार्थीका मागहरू :

१. बिए एस डब्लु कार्यक्रम सञ्चालनमा भइरहेको बेतिथी र गैरजिम्मेवारीका सम्पूर्ण घटनाहरू बिरुद्द कलेज प्रशासनले आवस्यक कारबाही गर्नुपर्ने ।

२. प्रयोगात्मक शुल्कका नाममा अन्य संकाय भन्दा रु. ५००० बढी लिने गरिएकाले उक्त रकमको सही तथा पारदर्शी उपयोग नदेखिएकाले उक्त रकम खारेज गर्न वा सामाजिक कार्य विभागलाई नै जिम्मा दिने र अन्य प्रयोगात्मक शुल्कको नाममा छुट्टै रकम नअसुल्ने ।

३. फिल्ड सुपरिवेक्षकको सम्बन्धमा ः फिल्ड सुपरिवेक्षकले दैनिक अध्यापनको तलब बाहेक फिल्ड सुपरिवेक्षकको नाममा छुट्टै आर्थिक सेवा सुविधा लिगायतका कार्य सम्पादन नगरेको कारणले सम्पूर्ण बिए एस डब्लुका विद्यार्थीहरू रुष्ट भएकोले वर्तमान फिल्ड सुपरभाइजर तत्काल खारेज गरी सामाजिक कार्य विषयमा कम्तीमा स्नातक तह पुरा गरेको वा सो सरहको, यस जी.पी. कोइराला मेमोरियलको सम्पूर्ण बिए एस डब्लु कार्यक्रमको बारेमा बुझेको र अनुभव भएको, नयाँ पुस्ता र प्रविधि अनुकूल व्यक्ति वा संम्बधित संस्थालाई बिए एस डब्लु कार्यक्रम असिस्टेन्टको रूपमा नियुक्त गर्नुपर्ने ।

४. आन्तरिक लिखित तथा वार्षिक प्रयोगात्मक परीक्षा हुँदा पर्याप्त समय अगावै विद्यार्थीलाई जनाकारी नगराई परीक्षा लिने परम्पराको अन्त्य गर्नपर्ने ।

५. सामाजिक कार्य विभाग तथा जीपी केएमसी स्टुडेन्ट वेलफेयर क्लवको कार्यालय बनेको १ वर्ष भन्दा बढी भइसक्दा पनि कार्यालयमा आवश्यक सामग्री (कम्प्युटर, प्रिन्टर) लगायत अन्य विविध सामग्रीको अभिलम्व व्यवस्था गर्नुपर्ने ।

६. बिए एस डब्लु तेस्रो व्याच अर्थात् २०१९ व्याचको करिव १२ जना विद्यार्थीको दोस्रो वर्षको प्रयोगात्मक अंकमा ठूलो अन्याय भएको पाइएको र दोषी उपर कारबाही गर्न लिखित प्रतिबद्दता भइसक्दा पनि हालसम्म कारवाही नभएकोले अभिलम्व दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव