कोशीको बर्खे अधिवेशन आजबाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कोशीको बर्खे अधिवेशन आजबाट

सारांश

  • कोशी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ।
  • प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यका अनुसार सातौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित सभा हलमा बस्नेछ।
  • बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ।

 

४ जेठ, काठमाडौं ।

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यका अनुसार सातौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित सभा हलमा बस्नेछ।

बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ। त्यसैगरी, प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। प्रदेश सभा सचिवालयले जनाएअनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ पनि टेबुल गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?