आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै

सारांश

  • देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् ।
  • नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ ।
  • गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।

२० चैत, काठमाडौं ।

देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघको भनाइ छ ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुने छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ । आज दिउँसो विभिन्न स्थानबाट ¥यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो
मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित
विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद