महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

सारांश

  • थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ ।
  • नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो ।
  • गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन ।

 

२६ वैशाख, काठमाडौं ।

थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ । नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो ।

गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन । वर्षाकै पनि पुर्वानुमान रहेको अवस्थामा मैदान पनि तयार नभएपछि खेल रद्द भयो । नेपालले दोस्रो खेलमा भोलि शनिबार बहराइनसँग खेल्ने छ । उक्त खेल तेरथाइ क्रिकेट मैदानमा हुनेछ । आजै भएको पहिलो खेलमा थाइल्याण्डले कुवेतलाई हराएको छ । ९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ । लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?