Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
५० पटक हेरिएको
Shares
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा

सारांश

  • पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा  समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक बैठक बोलाएको छ ।
  • पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
  • सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।

 

९ कात्तिक, काठमाडौँ । पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा  समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक बैठक बोलाएको छ ।

पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।

दिउँसाे १ बजे हुने विरोध प्रदर्शनको व्यवस्थापन रास्वपा बागमती प्रदेशले गर्ने उनले बताए । उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र्यापिड फोर्स खटिनेछ । सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी रूपमा स्वतःस्फूर्त आन्दोलनको अभियान चलाउने उनले बताए ।

‘ओली सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा सभापतिलाई पक्राउ गरेको छ । त्यसविरुद्ध पार्टीले स्वतःस्फूर्त रूपमा देशव्यापी आन्दोलनको अभियान चलाउने छौँ’, उनले  भने ।  लामिछानेलाई गत  शुक्रवार प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरामा लगेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
कैलालीमा बाढीले बगाएका २ जना महिलाको श*व फेला, एक जना अझै बेपत्ता
कैलालीमा बाढीले बगाएका २ जना महिलाको श*व फेला, एक जना अझै बेपत्ता
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट