Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

सारांश

  • सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको छ ।
  • अदालतमा मुद्दा दर्ता भएर फरार रहेका अधिकारी देश बाहिर रहेको भन्दै पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।
  • यसका लागि नेपाली सेनाले समेत कागजात लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेको छ ।

 

३१ वैशाख, काठमाडौं ।

सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको छ । अदालतमा मुद्दा दर्ता भएर फरार रहेका अधिकारी देश बाहिर रहेको भन्दै पक्राउका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।

यसका लागि नेपाली सेनाले समेत कागजात लेखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइसकेको छ । सैनिक ऐनले आकर्षित नहुनेको हकमा सबै अनुसन्धान र मुद्दाको कारबाही प्रहरीले नै गर्ने भयो । यो विषय हामीबाट प्रहरी कहाँ गइसकेको हो । अब बाँकी काम प्रहरीले नै गर्ला,’ सैनिक प्रवक्ता सहायक रथी गौरव केसीले भने । अब जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा दर्ताको मुद्दाको विवरणसहितका कागजात तयार पारेर प्रहरी प्रधान कार्यालयको नेसनल सेन्ट्रेल ब्यूरो (एनसीबी) लाई पत्र लेख्नेछ । त्यसपछि बल्ल एनसीबी काठमाडौंले इन्टरपोललाई पत्राचार गरेपछि नोटिस जारी हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे
गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे
जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री