लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ

सारांश

  • आफूलाई भारतीय कुख्यात ग्याङस्टर बताउँदै ह्वाट्सएपमार्फत व्यापारीहरूलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
  • इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले सुर्खेतको भेरीगंगा नगरपालिका–७, काठेघारीका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई बाँकेको कोहलपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
  • क्षेत्रीले नेपालगञ्जका विभिन्न व्यापारीहरूलाई ह्वाट्सएप मेसेज पठाएर आफू लरेन्स बिश्नोई वा अनमोल बिश्नोई भएको भन्दै धम्क्याउने गरेका थिए ।

२० चैत, काठमाडौं ।

आफूलाई भारतीय कुख्यात ग्याङस्टर बताउँदै ह्वाट्सएपमार्फत व्यापारीहरूलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले सुर्खेतको भेरीगंगा नगरपालिका–७, काठेघारीका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई बाँकेको कोहलपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

क्षेत्रीले नेपालगञ्जका विभिन्न व्यापारीहरूलाई ह्वाट्सएप मेसेज पठाएर आफू लरेन्स बिश्नोई वा अनमोल बिश्नोई भएको भन्दै धम्क्याउने गरेका थिए । उनले विभिन्न व्यापारीहरूबाट पाँच करोड भारू फिरौती मागेको र रकम नदिए जेसुकै हुनसक्ने चेतावनी दिएको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईले टेकपानालाई जानकारी दिए । प्रहरीका अनुसार क्षेत्रीले विदेशी नम्बर प्रयोग गरेर ह्वाट्सएप खोलेका थिए । बरामद मोबाइलमा लरेन्स बिश्नोई र अनमोल बिश्नोईको नाममा धम्कीपूर्ण मेसेजहरू पठाइएको प्रमाण फेला परेको छ । साथै, क्षेत्रीसँग भारतीय आधारकार्डसमेत रहेको पाइएको छ ।

क्षेत्री २०५९ सालमा नेपाली सेनामा भर्ती भएका थिए, तर केही समयपछि नै जागिर छाडेर फरार भएका थिए । त्यसयता उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् । उनी पहिलो पटक २०६१ साल साउन २७ गते एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर भारत लैजान खोज्दा पक्राउ परेका थिए । उनलाई त्यसबेला मानव बेचबिखन तथा ओसारपसार मुद्दा लागेको थियो । त्यसपछि २०६२ साल चैत ८ गते सर्वसाधारणसँग चन्दा असुली गरेको अभियोगमा तेस्रो पटक पक्राउ परे । यस्तै, २०६४ साल भदौ ९ गते एक व्यक्तिलाई ट्याक्सीमा नियन्त्रणमा लिएर फिरौती मागेको आरोपमा पक्राउ परेका थिए । २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका उम्मेदवार ऋषि शर्माको प्रचारप्रसार सकेर सुर्खेत फर्किँदै गर्दा मेहलकुना जहरेबजार नजिक गोली हानी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा क्षेत्रीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । त्यसपछि २०६५ साल चैतमा द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनमा हतियार खोस्ने आरोपमा पाँचौँ पटक पक्राउ परेका थिए । त्यसैगरी, कोटेश्वरस्थित निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको अभियोगमा मुद्दा चलेको थियो । यसै मुद्दामा उनी पाँच वर्ष कैद सजाय भोगेर २०७० साल फागुन २८ गते कारागारमुक्त भएका थिए । को हुन् लरेन्स बिश्नोई ?

लरेन्स बिश्नोई भारतका कुख्यात ग्याङस्टर हुन् । उनी फिरौती माग्ने र हत्या जस्ता संगठित आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा सन् २०१४ देखि भारतको कारागारमा छन् । उनीमाथि २९ मे २०२२ मा पन्जाबी गायक सिद्धू मुसेवालाको हत्या, भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने षड्यन्त्र, बाबा सिद्दिकीको हत्या लगायतका आरोपहरू लगाइएका छन् । लरेन्सका भाई अनमोल बिश्नोई पनि आपराधिक गतिविधिमा संलग्न रहेको मानिन्छ । दाजु जेलमा रहँदा उनले विभिन्न व्यापारी र उद्योगपतिहरूलाई धम्क्याएर फिरौती माग्ने गरेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !