सर्पले टोकेर बालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
१७ पटक हेरिएको
Shares
सर्पले टोकेर बालिकाको मृ*त्यु

सारांश

  • मोरङको बेलबारी नगरपालिका–५ सोमबारकी एक बालिकाको सर्पले डसेर बिहीबार दिउँसो मृत्यु भएको छ।
  • मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सर्पले टोकेर सीता रायमाझीकी ८ वर्षीया छोरी सन्ध्या रायमाझीको मृत्यु भएको हो।
  • बालिकालाई दिउँसो ४ बजेतिर सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चुँडालले बताइन्।

२९ जेठ, विराटनगर ।

मोरङको बेलबारी नगरपालिका–५ सोमबारकी एक बालिकाको सर्पले डसेर बिहीबार दिउँसो मृत्यु भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सर्पले टोकेर सीता रायमाझीकी ८ वर्षीया छोरी सन्ध्या रायमाझीको मृत्यु भएको हो। बालिकालाई दिउँसो ४ बजेतिर सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चुँडालले बताइन्।

गम्भीर घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी चुँडालले दिइन्। ‘घरमै सुतिरहेकी बालिकालाई सर्पले टोकेको जानकारी आएको छ,’ उनले भनिन्, ‘अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका छन्।’ चुँडालका अनुसार बालिकालाई कुन प्रजातिको सर्पले टोकेको भन्ने खुल्न बाँकी छ। यद्यपि चिकित्सकले पनि बाकिलालाई सर्पले डसेको जानकारी दिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको चुँडालले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?