Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
११७ पटक हेरिएको
Shares
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल

सारांश

  • बसिर अहमदले अविजित रहँदै कठिन परिस्थितिका बीच ८६ रनको पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध मध्यम योगफल बनाएको छ ।
  • सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भयो ।
  • बसिरले १०४ बलमा ९ चौका र १ छक्कासहित ८६ रन बनाए ।

 

१६ चैत, काठमाडौं ।

बसिर अहमदले अविजित रहँदै कठिन परिस्थितिका बीच ८६ रनको पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध मध्यम योगफल बनाएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भयो । बसिरले १०४ बलमा ९ चौका र १ छक्कासहित ८६ रन बनाए ।

२५ रनमै ५ विकेट गुमेपछि बसिरले कप्तान विनोद भण्डारीसग मिलेर ८० रनको साझेदारी गरेका थिए । विनोद २९ रनमा आउट भए । विवेक यादवले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि करण केसी र सागर ढकालले ३-३ विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट लिए । दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो । गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।

त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो । सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ । आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा चारपटक फाइनलमा पराजित भएको थियो भने एकपटक संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।पुलिस भने ३ पटक फाइनल पुग्दा तीनपटक नै उपाधि जितेको थियो । पुलिस उपाधि संख्या ४ पुर्‍याउन चाहनेछ भने आर्मी बराबरी गर्न चाहनेछ । आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
सर्लाहीमा तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सई निलम्बन
सर्लाहीमा तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सई निलम्बन
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो