बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
५८ पटक हेरिएको
Shares
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल

सारांश

  • बसिर अहमदले अविजित रहँदै कठिन परिस्थितिका बीच ८६ रनको पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध मध्यम योगफल बनाएको छ ।
  • सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भयो ।
  • बसिरले १०४ बलमा ९ चौका र १ छक्कासहित ८६ रन बनाए ।

१६ चैत, काठमाडौं ।

बसिर अहमदले अविजित रहँदै कठिन परिस्थितिका बीच ८६ रनको पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध मध्यम योगफल बनाएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भयो । बसिरले १०४ बलमा ९ चौका र १ छक्कासहित ८६ रन बनाए ।

२५ रनमै ५ विकेट गुमेपछि बसिरले कप्तान विनोद भण्डारीसग मिलेर ८० रनको साझेदारी गरेका थिए । विनोद २९ रनमा आउट भए । विवेक यादवले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि करण केसी र सागर ढकालले ३-३ विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट लिए । दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो । गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।

त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो । सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ । आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा चारपटक फाइनलमा पराजित भएको थियो भने एकपटक संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।पुलिस भने ३ पटक फाइनल पुग्दा तीनपटक नै उपाधि जितेको थियो । पुलिस उपाधि संख्या ४ पुर्‍याउन चाहनेछ भने आर्मी बराबरी गर्न चाहनेछ । आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग
अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कञ्चनपुरमा सशस्त्रको बीओपीमा पस्यो बाढी
कञ्चनपुरमा सशस्त्रको बीओपीमा पस्यो बाढी
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं