Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
७२ पटक हेरिएको
Shares
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने

सारांश

  • नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
  • मतदान सुरु गर्नका लागि नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन् ।
  • अध्यक्षका उम्मेदवारसमेत रहेका ओली आउनासाथ मतदान सुरु गर्ने तयारी छ ।

२ पुस, काठमाडौं ।

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान सुरु गर्नका लागि नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन् । अध्यक्षका उम्मेदवारसमेत रहेका ओली आउनासाथ मतदान सुरु गर्ने तयारी छ । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसकेका छन् । एमालेका एक नेताले भने, ‘एमालेका एक नेताले भने, ‘ईश्वर पोखरेल आइसक्नु भएको छ । अध्यक्ष ओली आउन बाँकी छ, उहाँ आएपछि मतदान सुरु हुन्छ ।’ मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् । नेताहरुले उनीहरुसँग मत मागिरहेका छन् ।

विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले बताएका छन् । उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । उनले भने, ‘अब प्राविधिक समस्या छैन । हाम्रोतर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ ।’ मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । मतदानको तयारी भइरहेका बेला नेताहरू पनि मतदानस्थलमा पुगेका छन् । प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् । प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?