सर्लाहीमा तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सई निलम्बन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
८५ पटक हेरिएको
Shares
सर्लाहीमा तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सई निलम्बन

सारांश

  • सर्लाहीको हिरापुर इलाका प्रहरी कार्यालयमा कार्यरत सहायक निरीक्षक (सई) बैधनाथ दास निलम्बनमा परेका छन्।
  • तस्करसँगको लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई सेवाबाट निलम्बन गरिएको हो।
  • अडियोमा दास र तस्करीमा संलग्न व्यक्तिबीच पैसाको कुरा भएको खुलेको छ।

२ साउन, सर्लाही ।

सर्लाहीको हिरापुर इलाका प्रहरी कार्यालयमा कार्यरत सहायक निरीक्षक (सई) बैधनाथ दास निलम्बनमा परेका छन्। तस्करसँगको लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई सेवाबाट निलम्बन गरिएको हो। अडियोमा दास र तस्करीमा संलग्न व्यक्तिबीच पैसाको कुरा भएको खुलेको छ।

अडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुखका अनुसार, प्रारम्भिक तथ्यका आधारमा दासलाई निलम्बन गरी थप अनुसन्धान अगाडि बढाइएको छ। उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रियासमेत अघि बढाइने प्रहरीले जनाएको छ।

सर्लाही सीमावर्ती जिल्ला भएकाले तस्करीका गतिविधि रोकथामका लागि प्रहरीले कडाइ गरिरहेको बताइए पनि प्रहरी स्वयं तस्करीमा संलग्न भएको आरोपले प्रहरीको छविमा प्रश्न उठाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?