सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ

सारांश

  • भारत सीतामढी जिल्ला बेलाथानाबथौरा पञ्चायत मुजौली घर भएका २० वर्षीय शंकर राम तथा सोही ठाउँका ३३ वर्षीय अशोक साहलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।
  • लालबन्दी नगरपालिका–५ मेजरगंजमा शंकर सवार बीआर ३० टी ४०२५ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकका क्रममा सिटमुनि लुकाइराखेको अवस्थामा ५ किलो ३४० ग्राम गाँजा बरामद गरिएको थियो ।
  • शंकरसँग सोधपुछ गर्दा लालबन्दीको एक होटेलबाट अशोकलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

 

६ कार्तिक, सर्लाही — सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत सीतामढी जिल्ला बेलाथानाबथौरा पञ्चायत मुजौली घर भएका २० वर्षीय शंकर राम तथा सोही ठाउँका ३३ वर्षीय अशोक साहलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।

लालबन्दी नगरपालिका–५ मेजरगंजमा शंकर सवार बीआर ३० टी ४०२५ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकका क्रममा सिटमुनि लुकाइराखेको अवस्थामा ५ किलो ३४० ग्राम गाँजा बरामद गरिएको थियो ।

शंकरसँग सोधपुछ गर्दा लालबन्दीको एक होटेलबाट अशोकलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । दुईजनै भारतीय गाँजाको पेशेवर कारोबारी रहेको प्रहरीको आशंका छ । प्रहरीलाई दिएको बयानमा उनीहरू गाँजा भारततर्फ लएर जान खोजेको बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?