गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

सारांश

  • १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
  • काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पु¥याएको थियो ।
  • मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिनुभएको छ ।

२१ असोज, धुलिखेल (काभ्रेपलाञ्चोक) गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पु¥याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिनुभएको छ । सो क्रममा पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पु¥याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनस्र्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै उहाँले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पु¥याएको क्षतिले नागरिकले व्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिरको उद्धार सेवा लगायतको विषयमा जानकारी दिनुभएको थियो । पालिका अहिले खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र विषेश गरी यातायात सेवालाई प्राथतिकतामा राखेर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर आज नै विपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पु¥याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित