Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी

सारांश

  • झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ ।
  • शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ ।
  • उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

२१ असार झापा ।

झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन युवनाथ बरालका अनुसार, चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्।

गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो। बरालका अनुसार, अहिले जिल्लाभरि डंगुका ५५ जना संक्रमित उपचाररत् छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ। मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको बरालले बताए। डेंगु संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । यसवर्ष देशभरि डेंगु संक्रमित ६० हजार नाघ्न सक्ने सरकारको अनुमान छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यसका लागि आवश्यक कार्ययोजना तयार पारेको छ । डेंगु संक्रमण साउनदेखि बढ्दै भदौ र असोजमा उच्चतम अवस्थामा पुग्नेछ भने कात्तिकदेखि घट्न थाल्ने महाशाखाले जनाएको छ । चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी
‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी