नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
५४ पटक हेरिएको
Shares
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन

सारांश

  • नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ ।
  • जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत जेसीजका आयोजक जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रुपमा जानकारी गराएको छ ।
  • महाधिवेशनको उद्घाटन कार्यक्रम भोली शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन ।

३ पुस, जनकपुर ।

नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ । जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत जेसीजका आयोजक जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रुपमा जानकारी गराएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भोली शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन ।

उनले चार दिनसम्म हुने कार्यक्रममा मेचीदेखि महाकालीसम्ममा रहेका जेसीजको १७४ शाखाका पाँचहजार भन्दा बढी अतिथिहरुको उपस्थिती रह्ने जानकारी दिइन् । यस महाधिवेशनको मुख्य केन्द्र बिन्दुको रुपमा जेसीजका अन्तर्राष्ट्रिय भाईस प्रेसिडेन्ट जापानका सुजुकी आउन लागेको थापाले जानकारी दिइन । उनले महाधिवेशनमा नेतृत्व चयन वाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
उनले सार्क ट्यांक नेपालका पदाधिकारी पनि महाधिवेशनमा आउने र लगानी, व्यापार व्यवसायी, उत्पादन, नाफाका कुराहरुबारे जानकारी प्रशिक्षण दिने जानकारी दिइन । जनकपुरधाममा जेसीजले पाँचौ पटक अधिवेशन गर्न लागेको हो । यसअघि जनकपुर जेसीजले चार पटक महाधिवेशन जनकपुरधाममा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव