मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १०, २०८२
|
|
३० पटक हेरिएको
Shares
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले सरकारले तराई–मधेशदेखि विकट पहाडी तथा हिमाली क्षेत्रसम्मका खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयासहरू गरिरहेको बताएका छन् ।
  • पाल्पाको तान्सेनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • ‘तराई–मधेशसहित देशका विकट भू–भागमा समेत खानेपानीको सहज पहुँचका लागि सरकारले महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ,’ मन्त्री यादवले भने, ‘पानीको समस्या समाधानलाई सरकारले पहिलो प्राथमिकता मानेर योजना अघि बढाइरहेको छ ।

१० साउन, पाल्पा ।

खानेपानीमन्त्री प्रदीप यादवले सरकारले तराई–मधेशदेखि विकट पहाडी तथा हिमाली क्षेत्रसम्मका खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयासहरू गरिरहेको बताएका छन् । पाल्पाको तान्सेनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘तराई–मधेशसहित देशका विकट भू–भागमा समेत खानेपानीको सहज पहुँचका लागि सरकारले महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ,’ मन्त्री यादवले भने, ‘पानीको समस्या समाधानलाई सरकारले पहिलो प्राथमिकता मानेर योजना अघि बढाइरहेको छ ।’

तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताए । ‘तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ । भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुदपनि सरकार खानेपानीका समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ,’ मन्त्री यादवले भनेका छन् । तानसेन–कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पुर्‍याउँदै सरकारको “सबै नागरिकका लागि स्वच्छ पानी” भन्ने सङ्कल्पलाई व्यवहारमा उतारेको प्रति मन्त्री यादवले खुशी व्यक्त गरे । खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त वजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने विश्वास व्यक्त गरे ।

स्थानीय तहको सक्रियतासँग सहकार्य गर्दै खानेपानी मन्त्रालयले हालसम्म ३१० भन्दाबढी स्थानीय तहहरूमा वास योजना तयार गरिसकेकाले खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा महत्त्वपूर्ण टेवा पुर्‍याएको जिकिर गरे । त्यसैगरी मन्त्री यादवले स्थानीय उपभोक्ता समितिहरूलाई पनि खानेपानीको दिगो व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न आग्रह गरे । यहाँको उपभोक्ता समितिहरुले देखाएको सक्रियता र जनसेवाको भावना देशका अन्यक्षेत्रका लागि पनि अनुकरणीय रहेको बताउनु हुँदै उपभोक्ताको बोझ घटाउन नेपाल सरकार खानेपानी मन्त्रालयले सहलगानी योजनामा जनसहभागिता ३० प्रतिशतबाट घटाएर १५ प्रतिसतमा झारेकाले अब यसलाई पूर्ण रूपमा हटाएर शून्य प्रतिशत बनाउनेतर्फ सक्रिय रूपमा लागि परेको मन्त्री यादवले दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना