अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी

सारांश

  • अर्थ मन्त्रालयले समग्रमा देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ ।
  • मन्त्रालयले प्रकाशित गरेको पछिल्लो अर्थ बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको उल्लेख छ ।
  • राजस्व परिचलानमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धिलगायत कारण समग्रमा अर्थतन्त्रले गति लिएको मन्त्रालयले दाबी गरेको छ ।

 

१६ वैशाख, काठमाण्डौ ।

अर्थ मन्त्रालयले समग्रमा देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । मन्त्रालयले प्रकाशित गरेको पछिल्लो अर्थ बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको उल्लेख छ । राजस्व परिचलानमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धिलगायत कारण समग्रमा अर्थतन्त्रले गति लिएको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन् । चालू आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको राजस्व परिचालन १२.७ प्रतिशत र कुल खर्च ४.०४ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक ऋण २०८१ असार मसान्तको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको छ । फागुनसम्म सङ्घीय सरकारको कुल राजस्व अघिल्लो आर्थिक वर्षको यसै अवधिको ६ खर्ब ३९ अर्व ५ करोड रुपैयाँको तुलनामा १२.७ प्रतिशतले बढेर ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यस्तै फागुनसम्म सङ्घीय सरकारको कुल खर्च गएको आर्थिक वर्षको यसै अवधिको ८ खर्ब १ अर्ब ५८ करोड रुपैयाँको तुलनामा ४.९४ प्रतिशतले बढेर ८ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कुल खर्चमध्ये चालु खर्च ६९.६ प्रतिशत, पुँजीगत खर्च ९.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.६ प्रतिशत रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।

व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या बढेसँगै करको दायरा विस्तार भएको छ ।चालू आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेर २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको सङ्ख्यासमेत गएको वर्षको तुलनामा बढेको छ । रेमिट्यान्स र पर्यटक आवागमन पनि बढेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ । यस्तै विदेशी मुद्रा सञ्चिति बढेको छ भने चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् । अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको र समग्रमा अर्थतन्त्रले गति लिएको अर्थमन्त्रालयको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
विकल पौडेलविरुद्ध ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
विकल पौडेलविरुद्ध ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी