सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल

सारांश

  • बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् ।
  • अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।
  • दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

२१ असोज, काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् । दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् । बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए ।

उनले भने, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ”, दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् । यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै
आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री