सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह

सारांश

  • नेपाल प्रहरीको नायव निरीक्षक (सई) मा विशेष बढुवा भएकी सगरमाथा आरोही कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
  • आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
  • गत जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले उनलाई प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।

११ जेठ, काठमाडौं ।

नेपाल प्रहरीको नायव निरीक्षक (सई) मा विशेष बढुवा भएकी सगरमाथा आरोही कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले उनलाई प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा गर्ने निर्णय भएको थियो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरे । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने भन्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन पनि थापाले दिए ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारासहितको ब्यानर फहराएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर
पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट