कारोबारसँगै घट्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २४, २०८२
|
|
१७१ पटक हेरिएको
Shares
कारोबारसँगै घट्यो सेयर बजार

सारांश

  • मंगलबार सेयर बजार २.
  • ६१ अंक घटेको छ ।
  • अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो ।

२४ चैत, काठमाडौं ।

मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ ।८२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १२ को स्थिर रह्यो । अधिकांश समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो । हाइड्रोपावर ०.१५, अन्य ०.७१ तथा बैंकिङ ०.०४ प्रतिशत बढे । निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशत घटे । ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

१० प्रतिशत बढेका कम्पनीमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । त्रिशुली जलविद्युतको ८.६३ प्रतिशत मूल्य बढ्यो ।झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एसवाई प्यानल र नेसनल हाइड्रोपावर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
दीपक भट्टको घर र कार्यालयमा छापा
दीपक भट्टको घर र कार्यालयमा छापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध