नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुन: कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुन: कार्की

सारांश

  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्।
  •   भदौ ३ को मन्त्रिपरिषद्ले कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
  •   उदयपुरका स्थायी बासिन्दा कार्कीलाई मन्त्रिपरिषद्ले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

५ भदौ काठमाडौं ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्।  भदौ ३ को मन्त्रिपरिषद्ले कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।  उदयपुरका स्थायी बासिन्दा कार्कीलाई मन्त्रिपरिषद्ले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।  नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए। उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए।

राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ। कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबिएफ) गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका हुन्। उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी