सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
२१३ पटक हेरिएको
Shares
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ

सारांश

  • प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ ।
  • प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् ।
  • गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२ वैशाख, प्युठान ।

प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् । गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनको उपचारका क्रममा ३० चैतमा मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

घटनामा संलग्न मुख्य आरोपी गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीलाई ३० चैतमा नै पक्राउ गरिएको उनले बताए । उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद भएको भट्टराइले बताए । प्रहरीका अनुसार २९ चैतमा राति करिब पौने ११ बजे शिकार खेलेर फर्किने क्रममा जंगली जनावर भएको आशंकामा वीरेन्द्र केसीले गोली हानेका थिए ।  गोली लागेर सुशिल परियार र उनीसँगै रहेकी गौमुखी–४ की १८ वर्षीया किशोरी घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पठाइएकोमा परियारको उपचारका क्रममा मृत्यु भएको हो । घाइते किशोरीको अवस्था भने अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिहरूलाई प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?