सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २७, २०८१
|
|
४६ पटक हेरिएको
Shares
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा

सारांश

  • बडादशैंको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् ।
  • असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी÷महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

 

२७ असोज, काठमाडौँ। बडादशैंको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् ।असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी÷महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् । यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् ।यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
कदर पत्र वितरणमा भेदभाव
कदर पत्र वितरणमा भेदभाव
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन