भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध

सारांश

  •   म्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ।
  • पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा  प्रतिबन्ध लगाइएको छ।
  • वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको जनाएको छ।

 

२० वैशाख, काठमाडौं । 

म्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा  प्रतिबन्ध लगाइएको छ। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको जनाएको छ।

सूचनामा अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ। अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। आक्रमणपछि भारत र पाकिस्तानले एकअर्का विरुद्ध धेरै कदम चालेका छन् भने दुई देशबीच तनाव कायमै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?