उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३३ पटक हेरिएको
Shares
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला

सारांश

  • भारतीय प्रान्त उत्तर प्रदेशको बुलन्दसहरमा मंगलबार बिहान विवाहित महिला र अविवाहित युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि सनसनी मच्चिएको छ।
  • त्यहाँको प्रहरीका अनुसार बुलन्दसहर जिल्लाको काकोड प्रहरी चौकी क्षेत्रअन्तर्गत बिघेपुर गाउँमा लगभग सपना नामकी ३५ वर्षीया महिला र २५ वर्षीय युवक मनीष एउटै रुखमा मृ*त फेला परेका हुन्।
  • भारतीय सञ्चारमाध्यमका अनुसार महिला विवाहित थिइन् र उनका पाँच सन्तानसमेत छन्।

२ वैशाख, उत्तर प्रदेश ।

भारतीय प्रान्त उत्तर प्रदेशको बुलन्दसहरमा मंगलबार बिहान विवाहित महिला र अविवाहित युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि सनसनी मच्चिएको छ।त्यहाँको प्रहरीका अनुसार बुलन्दसहर जिल्लाको काकोड प्रहरी चौकी क्षेत्रअन्तर्गत बिघेपुर गाउँमा लगभग सपना नामकी ३५ वर्षीया महिला र २५ वर्षीय युवक मनीष एउटै रुखमा मृ*त फेला परेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार महिला विवाहित थिइन् र उनका पाँच सन्तानसमेत छन्। तर मन नमिलेका कारण डेढ वर्षदेखि उनी पतिबाट छुटिएर अलग्गै बस्थिन्। यसै क्रममा ती महिला सोही गाउँका युवक मनीषसँग प्रेममा परिन्। त्यसपछि प्रायः सँगै देखिने उनीहरू श्रीमान्-श्रीमतीजस्तै बस्न चाहन्थे तर समाजको डरले विवाह गर्न सकेनन्। यसैबीच, मंगलबार बिहान दुवै जना बिघेपुर गाउँको खेतमा पुगे र त्यहाँ रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरे। खेतमा काम गर्न स्थानीयले दुवैको शव झुण्डिएको देखेपछि प्रहरीलाई जानकारी गराए।

सूचना पाएपछि प्रहरीले घटनास्थल पुगेर दुवै शवलाई रुखबाट तल झारेको थियो। अनुसन्धानका क्रममा युवकको साथमा एउटा सुसाइड नोट पनि भेटियो। जसमा लेखिए अनुसार विवाह गर्न नपाएका उनीहरू दु:खी थिए। तर समाजले के सोच्ला भन्ने डर थियो। यसै कारण सँगै आत्महत्या गरे।  हाल प्रहरीले दुवै शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। बुलन्दसहरका अतिरिक्त प्रहरी अधीक्षक शंकर प्रसादले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी