रुखले च्यापिएर एकको मृत्यु, दुई घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
रुखले च्यापिएर एकको मृत्यु, दुई घाइते

सारांश

  • रुखले च्यापिएर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ।
  •   दुई जना घाइते भएका छन् ।
  •   हिमाली गाउँपालिका वडा न.

९ मंसिर, बाजुरा । रुखले च्यापिएर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ।  दुई जना घाइते भएका छन् ।  हिमाली गाउँपालिका वडा न. ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा सोही गाउँका ४३ बर्षीय सुपधन बुढाको रुखले च्यापिएर मृत्यु भएको हो।

त्यस्तै  अन्दाजी ४८ वर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षका पर्मलाल सुनार गम्भीर  घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताएका छन् । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला  अस्पताल ल्याउन लागिएको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको पहल भएपनि आज साँझ परिसकेकाले अब भोलि मात्रै आउने बताए  । बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला
करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
दाउरा टिप्न गएकी नौ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृ*त्यु
दाउरा टिप्न गएकी नौ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृ*त्यु
प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल
प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल