सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
७० पटक हेरिएको
Shares
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते

सारांश

  • हरिपुर्वा नगरपालिका–९, मिर्चैया बजारस्थित बाँके–संग्रामपुर सडकखण्डमा आज बिहान भएको एक दर्दनाक सवारी दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।
  • आज बिहान करिब ९:१५ बजे श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना.
  • ५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट साइकलमा आइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीया छोरी अञ्जली कुमारी महतोको ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

२९ चैत,  सर्लाही  ।

हरिपुर्वा नगरपालिका–९, मिर्चैया बजारस्थित बाँके–संग्रामपुर सडकखण्डमा आज बिहान भएको एक दर्दनाक सवारी दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।

आज बिहान करिब ९:१५ बजे श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना.५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट साइकलमा आइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी रामदुलार महतोकी १७ वर्षीया छोरी अञ्जली कुमारी महतोको ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। सोही साइकलमा पछाडि सवार उनकी १५ वर्षीया बहिनी पूजा कुमारी महतो सामान्य घाइते भएकी छिन्। हाल उनको उपचार स्थानीय श्रीनगर मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकर, सर्लाहीबाट प्रमुख प्रहरी नायब निरीक्षक श्यामसुन्दर साहको कमाण्डमा ४

जनाको टोली र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा थप १७ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न ट्रकका चालक हरिवन नगरपालिका–१०, ताइवान टोल निवासी ३१ वर्षीय लक्ष्मण बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक समेत इलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा राखिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चालकले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ र ट्रकका सबै कानुनी कागजातहरू साथमा रहेको जनाइएको छ। घटनापछि कानुनी प्रक्रिया पूरा गरी बिहान १०:१५ बजे मुचुल्का तयार पारिएको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाही पठाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
केपी ओली कप सुरु
केपी ओली कप सुरु
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट