अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
२४१ पटक हेरिएको
Shares
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन् ।
  •  त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको दाबी गरे ।
  • ‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ ।

७ साउन, काठमाडौं ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको दाबी गरे । ‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ । जसले नयाँ ऊर्जा थपिएको महसुस भएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा हने राजनीतिकरण चार वर्षमा अन्तय र भागबन्डमा होइन मेरिटोक्रेसीको निर्माण हुन्छ ।’ सरुवा बढुवामा कतैबाट दबाब नआउने मन्त्री पोखरेलको भनाइ छ ।

‘राजनीतिक रूपमा कहाँ सरुवा, बढुवा र नियुक्ति गर्ने राजनीतिक दबाब आउँदैन । आएमा शिक्षा मन्त्रालयमा जानकारी गारउनु होला । हाम्रो पार्टीबाट वा अन्य पार्टीबाट,’ उनले भने । विश्वविद्यालयलाई स्वायत्त भएर काम गर्न उनले आग्रह गरे । साथै त्रिविको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई उनले निर्देशन दिए । त्रिविको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उच्च शिक्षामा सरकारले ५ वर्षको नीति भिजन र मिसनबारे विश्वविद्यालयको नेतृत्वसँग छलफल गरिरहेको उनले बताए । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्नेमा मन्त्री पोखरेलको जोड छ । विदेशी विद्यार्थी ल्याउन र विदेशी ‘प्रोफेसर एक्सेन्ज’ कार्यक्रमलाई अगाडि बढाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...