अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
२३३ पटक हेरिएको
Shares
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन् ।
  •  त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको दाबी गरे ।
  • ‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ ।

७ साउन, काठमाडौं ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको दाबी गरे । ‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ । जसले नयाँ ऊर्जा थपिएको महसुस भएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा हने राजनीतिकरण चार वर्षमा अन्तय र भागबन्डमा होइन मेरिटोक्रेसीको निर्माण हुन्छ ।’ सरुवा बढुवामा कतैबाट दबाब नआउने मन्त्री पोखरेलको भनाइ छ ।

‘राजनीतिक रूपमा कहाँ सरुवा, बढुवा र नियुक्ति गर्ने राजनीतिक दबाब आउँदैन । आएमा शिक्षा मन्त्रालयमा जानकारी गारउनु होला । हाम्रो पार्टीबाट वा अन्य पार्टीबाट,’ उनले भने । विश्वविद्यालयलाई स्वायत्त भएर काम गर्न उनले आग्रह गरे । साथै त्रिविको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई उनले निर्देशन दिए । त्रिविको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उच्च शिक्षामा सरकारले ५ वर्षको नीति भिजन र मिसनबारे विश्वविद्यालयको नेतृत्वसँग छलफल गरिरहेको उनले बताए । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्नेमा मन्त्री पोखरेलको जोड छ । विदेशी विद्यार्थी ल्याउन र विदेशी ‘प्रोफेसर एक्सेन्ज’ कार्यक्रमलाई अगाडि बढाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
आज कुन देशको मुद्राको विनिमयदर कति?
आज कुन देशको मुद्राको विनिमयदर कति?
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली