सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ

सारांश

  • काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ ।
  • हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।
  • काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे ।

१७ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे । ‘काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ’, उनले भने । प्रहरी स्रोतका अनुसार, पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर ल्याएको हो । जिल्ला अदालत, काठमाडौंबाट आइतबार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान गर्न म्याद लिने तयारी प्रहरीको छ ।

अड्विरको हत्यापछि उनको शव नभेटियोस् भन्ने उद्देश्यले धोबीखोला करिडोर नजिक फोहोरले छोपेको पाइएको थियो । बुधबार राति त्यहाँ शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काठमाडौं प्रहरीका अनुसार, सोको अफिसरसहित त्यहाँ पुगेको टोलीले फोहोर हटाएर शव निकालेको थियो ।

‘त्यसक्रममा मृतक शवलाई सुरक्षित स्थानमा राखेर जाँच गर्दा टाउको, निधार र नाकमा धारिलो हतियार प्रहार गरेको जस्तो देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएका थियौं ।’ मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायिका व्यक्ति हुन् । उनको शव भेटिएलगत्तै यसमा मायाको पहिचान नेपाल लगायतका संस्थाले गम्भीरतापूर्वक अनुसन्धानको माग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
गरुडाको तरकारी बजारमा आगोलागी
गरुडाको तरकारी बजारमा आगोलागी
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी