अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
११७ पटक हेरिएको
Shares
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल टुथ सोसल मार्फत इरानको खार्ग टापुमा भएका सबै सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा नष्ट’ भएको बताएका छन् ।
  • उनले लेखेका छन,‘अहिले केही क्षणअघि मेरो निर्देशनमा, अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै एक शक्तिशाली बमबारी सञ्चालन ग¥यो र इरानको क्राउन ज्वेल, खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरियो ।
  • ’ राष्ट्रपतिले थपे,‘मैले टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय गरेको छु ।

३० फागुन,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल टुथ सोसल मार्फत इरानको खार्ग टापुमा भएका सबै सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा नष्ट’ भएको बताएका छन् । उनले लेखेका छन,‘अहिले केही क्षणअघि मेरो निर्देशनमा, अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै एक शक्तिशाली बमबारी सञ्चालन ग¥यो र इरानको क्राउन ज्वेल, खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरियो ।’

राष्ट्रपतिले थपे,‘मैले टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय गरेको छु । तर यदि इरान वा अरू कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित मार्गमा हस्तक्षेप गर्ने प्रयास गर्यो भने म यो निर्णय तत्काल पुनर्विचार गर्नेछु ।’ इरानी खाताम अल–अन्बिय्या सेन्ट्रल हेडक्वार्टरका प्रवक्ताले शनिबार चेतावनी दिएका छन् कि ‘ऊर्जा पूर्वाधार र बन्दरगाहमा सबैभन्दा सानो हमला भए पनि भयंकर र नाशकारी प्रतिक्रिया हुनेछ ।’

उनीहरूले भनेका छन,‘यदि यस्तो आक्रमण भयो भने, क्षेत्रका सबै तेल र ग्यास पूर्वाधार, जसमा अमेरिका र उसका पश्चिमी सहयोगीहरूको हिस्सेदारी छ, जलेर नष्ट गरिनेछ ।’ इरानको किनारदेखि करिब २४ किलोमिटर टाढा अवस्थित खार्ग टापु, देशको ९० प्रतिशत तेल निर्यातको टर्मिनलको रूपमा प्रयोग हुन्छ ।यस घटनाले क्षेत्रीय तनावलाई थप बढाउने र अन्तर्राष्ट्रिय समुद्री मार्ग सुरक्षा सम्बन्धी चिन्ता बढाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक