पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १, २०८१
|
|
३९ पटक हेरिएको
Shares
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने

सारांश

  •    नेपाली कांग्रेसले प्रेमलाल (पीएल) सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
  • कांग्रेसको सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णय गरेको हो ।
  • पुस १, २ र ३ गते, तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय कांग्रेसको छ ।

१ पुस, काठमाडौं ।  

नेपाली कांग्रेसले प्रेमलाल (पीएल) सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेसको सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णय गरेको हो । पुस १, २ र ३ गते, तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय कांग्रेसको छ । त्यस्तै, पुस २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ ।

सिंहको निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने  र १३औं दिनमा सम्बन्धित जिल्ला, काठमाडौंमा शोक सभाको आयोजना गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  ८८ वर्षीय प्रेमलाल (पीएल) सिंहको काठमाडौंको चाक्सीबारीमा गएराति १:०० बजे निधन भएको थियो । दिवंगत सिंह लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर काम गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उनले पटक–पटक जेल जीवन व्यतित गरेका थिए । उनले भारतमा निर्वासित जीवन समेत बिताएको कांग्रेसले जनाएको छ ।

प्रजातन्त्र पुनर्स्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए । दिवंगत सिंहकै पहलमा २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । त्यसैगरी, २०५६ मा उनी कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य भएका थिए । सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक विदा दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
पाँच महिनापछि खुल्यो केदारनाथ धामको ढोका
पाँच महिनापछि खुल्यो केदारनाथ धामको ढोका
मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री
मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री