६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
२० पटक हेरिएको
Shares
६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

सारांश

  • अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ ।
  • बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.
  • ५२ अंक (१.

११ चैत, काठमाडौं ।

अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो । चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो ।

फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो । २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो । यस दिन सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढ्यो ।

बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढे । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशत बढ्यो ।

अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ