Press 4K
बुधबार, १२ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
९६ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।
  • उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु।

 

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् । उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’

उनका अनुसार भ्रमणअघि परराष्ट्रमन्त्रीले पत्रकारहरूसँग पछि बोल्ने बताएको भए पनि औपचारिक वार्तामा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ । उनले नेपाली पक्षबाट जारी गरिएका प्रेस विज्ञप्तिमा समेत सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको दाबी गरिन् । सांसद ओलीले दिल्ली भ्रमणपछि काठमाडौं फर्किएर जारी गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै कुरा समावेश नभएको उल्लेख गरिन् । साथै, पत्रकारहरूले सोधपुछ गरेपछि मात्रै सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिन मन्त्री बाध्य भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौं फर्किएपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पत्रकारले पछि सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनुभएन। खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगी पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनुभयो ।’ उनले संसदमा समेत परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखी केवल नियमित सीमा व्यवस्थापन, जस्तै जंगी पिल्लरको व्यवस्थापन र बैठकजस्ता विषय मात्र उठाएको टिप्पणी गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...