बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
१६१ पटक हेरिएको
Shares
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति

सारांश

  • नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो ।
  • विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

४ जेठ,  काठमाडौं ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो ।

विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

नाफिजले सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत उजुरी तथा कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट पारेको छ । तर, उक्त विषयलाई काउन्सिलमा प्रवेश नै नगराई सिधै अदालतमा लगिएको र सञ्चारमाध्यमको धारणा नै नसुनी आदेश जारी गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।

संघले नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिएको स्मरण गराउँदै संविधानको धारा १७, १९ र २७ ले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा जनताको सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेको छ । नाफिजले लोकतान्त्रिक व्यवस्थामा अदालतको सम्मान र निर्णय कार्यान्वयनप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ ।

तर, अदालतको पछिल्लो आदेश संविधान, प्रचलित कानुनी मान्यता तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै उक्त आदेश पुनर्विचार गर्न सम्मानित अदालतसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,
भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति