केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले

सारांश

  • फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।
  • बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
  • बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

 काठमाडौं ।

फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए । उनले संसदमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए ।उनले भने, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधिहरु भइरहेका छन् । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक छ । म सरकारको ध्यानाकर्षण गर्दछु की अहिले देशमा जति घटनाहरु घटिरहेका छन्, यो घटनाहरु संवैधानिक रुपबाट उचित छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र ८२ लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ । यो गम्भिर आपत्तिको विषय छ ।साथै उनले काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा सरकारले निर्मम दमन गरेको आरोप लगाए । उनले भने, ‘यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ, काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा आज सरकारले निर्मम दमन गरेको छ । ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण
नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण
कारोबारसँगै घट्यो सेयर बजार
कारोबारसँगै घट्यो सेयर बजार