Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ

सारांश

  • म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्  ।
  • पर्वतको जलजला गाउँपालिका– ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार दाउरा प्रहार गर्दा २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

 

१६ वैशाख, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्  । पर्वतको जलजला गाउँपालिका– ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार दाउरा प्रहार गर्दा २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका– २ को ज्यामरुकोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ