Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली

सारांश

  • गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक सरसर २५ सय नेपालीले नेपाली भूइँ छोड्छन्।
  • आफू जन्मेको भूमि, परिवार र साथीभाइ भन्दा सयौं किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरुका मनभरि अनेक सपना साँचिएका हुन्छन्।
  • तर, थुप्रैका सपना परदेशमै टुट्छन्।

१५ असोज, काठमाडौं।

गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक सरसर २५ सय नेपालीले नेपाली भूइँ छोड्छन्। आफू जन्मेको भूमि, परिवार र साथीभाइ भन्दा सयौं किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरुका मनभरि अनेक सपना साँचिएका हुन्छन्। तर, थुप्रैका सपना परदेशमै टुट्छन्। किनभने, साहुको रिन तिर्ने, जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही लाख रुपैयाँ र झोलाभरि छोराछोरीलाई नाना लिएर फर्कने रहरसहित ती युवा बाकसमा कैद भएका हुन्छन्। अर्थात, परिवारको आश उनीहरु लाश बनेर फर्किएका हुन्छ। परदेशमै प्राण त्यागेका उनीहरु शव भने नेपाल आइपुग्छ। यो तथ्यांक बढिरहेकै छ। पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा १४२ जना नेपालीको शव नेपाल ल्याइएको हो। जसमा साउनमा ४३ जना र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो। बोर्डको खर्चमा भने ८३ जनाको शव विदेशबाटै नेपालसम्म ल्याइएको थियो भने बाकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएको थियो। बोर्डले साउनमा ३९ जना र भदौंमा ४४ जनाको शव झिकाइको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव घरसम्म नि:शुल्क रूपमा पुर्‍याउँदै आएको छ। कम्पनीले शव नेपाल पठाउन आर्थिक सहयोग गरेको खण्डमा बोर्डले नै शव घरसम्म पुर्‍याउने व्यवस्था गर्दै आएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८६ जनाको शव ढुवानी गरिएको थियो भने ४८१ जनाको शव विदेशबाट झिकाइएको थियो। दुई महिनामा २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो। जसमा साउनमा १४२ र भदौमा १२६ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर मृत्यु भएका नेपाली कामदारको शव विदेशबाट झिकाउने र एयरपोर्टबाट घरसम्म नि:शुल्क रूपमा ढुवानी बोर्डले नै गर्दै आएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै, अंगभंग तथा विरामी भएका श्रमिकको हकमा ७ लाखसम्मको उपचार खर्च प्रदान गर्दै आएको छ। विरामी भएको व्यक्ति नेपालमा उपचार गरेको हुनुपर्ने सर्त तोकिएको छ। त्यस्तै, श्रमिकका परिवारलाई ५० हजार रूपैयाँ स्वास्थ्य उपचार सहयोगवापत प्रदान गर्दै आएको छ भने मृतक तथा पूर्ण अशक्त भएका कामदारको सन्तानलाई आधारभूत तहसम्मको लागि १२ हजार र माध्यमिक तहसम्मको अध्ययनका लागि १६ हजार रूपैयाँ छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ। आर्थिक सहायताको लागि मृत्यु वा अंगभंग भएको १ वर्षभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ। पेश गरिने कागजातहरू आधिकारिक निकायबाट प्रमाणित भएको हुनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्लो ओभर रेटको लागि प्याट कमिन्स र रजत पाटीदारलाई जरिवाना
स्लो ओभर रेटको लागि प्याट कमिन्स र रजत पाटीदारलाई जरिवाना
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने
रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा