कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।
  • काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो घोषणा गरेका हुन् ।
  • सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी छन् ।

१५ वैशाख, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन् । काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो घोषणा गरेका हुन् । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी छन् । सो कार्यक्रम पूर्वमन्त्री समेत रहेका थापाले नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न भेला भएको बताए ।

‘यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’ उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर्न थापाले माग गरे । उनले उनीहरु निर्दोष भएको जिकिर गरे । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाए । ‘आज यो मञ्‍चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्,’ थापाले भने, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट