असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ

सारांश

  • न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलास नम्बर २ मा मुद्दाको सुनुवाइ सुरु भएको हो।
  • मधेश आन्दोलनको समय ०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।
  • सोही वर्ष फागुन २७ गते जिल्ला अदालतले २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

 

२३ साउन, काठमाडौँ-  सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर भएका लोकतान्त्रिक समाजवादी दलका नेता अभिराम शर्माविरुद्धको मुद्दाको सुनुवाइ उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलास नम्बर २ मा मुद्दाको सुनुवाइ सुरु भएको हो। मधेश आन्दोलनको समय ०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। सोही वर्ष फागुन २७ गते जिल्ला अदालतले २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।आन्दोलनकारीबाट मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणको मुद्दामा आज साधक सुनुवाइ भएको हो। जिल्ला अदालत महोत्तरीले २८ मंसिर २०८० मा विक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) का प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो। एमालेका नेता लक्ष्मी महतो कोइरी र पवन कापडले भने सफाइ पाएका थिए।

महतो महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाबाट निर्वाचित भएका छन्। सफाइ पाएका महतो र कापडविरुद्ध नेपाल सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय जनकपुरले ९ वैशाख २०८१ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो। उक्त मुद्दामा ९ जेठ २०८१ मा उच्च अदालत जनकपुरधामका न्यायाधीश बलभद्र बास्तोला र नरवहादुर खड्काको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो। सोही मुद्दामा २० जेठ २०८१ मा महतो र ३१ जेठ २०८१ मा कापड उच्च अदालत जनकपुरधाममा हाजिर भई सधारण तारेखमा बसेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?