Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माओवादी स्थायी समिति बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
५० पटक हेरिएको
Shares
माओवादी स्थायी समिति बैठक स्थगित

सारांश

  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
  • पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको उनले अनलाइनखबरलाई जानकारी दिए ।

 

२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको उनले अनलाइनखबरलाई जानकारी दिए । ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ,’ उनले भने, ‘भोलि बिहान ११ बजे बैठक बस्छ ।’ नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ। पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ । यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा रुपमा जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको  मृत्यु
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको मृत्यु
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
भरतपुरमा गुडिरहेको ईभीमा आ*गलागी हुँदा एक जनाको मृ*त्यु
भरतपुरमा गुडिरहेको ईभीमा आ*गलागी हुँदा एक जनाको मृ*त्यु
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची