Press 4K
बुधबार, ३ भाद्र २०८३

रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २०, २०८२
|
|
१५२ पटक हेरिएको
Shares
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना

सारांश

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.
  • विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक महत्व र वर्तमान सान्दर्भिकताबारे जोड दिएका छन् ।
  • रेडियो नेपाल को ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको मनोरञ्जन र सूचना प्रवाहको इतिहासमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रको विकाससँगै यसको आवश्यकता निर्देशित भएको बताए ।

२० चैत, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक महत्व र वर्तमान सान्दर्भिकताबारे जोड दिएका छन् । रेडियो नेपाल को ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको मनोरञ्जन र सूचना प्रवाहको इतिहासमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रको विकाससँगै यसको आवश्यकता निर्देशित भएको बताए ।

जब सूचना जनताको हक हो भन्ने मान्यता स्थापित भयो, त्यसपछि रेडियो नेपालको स्थापना भई यसले निरन्तर योगदान दिँदै आएको छ,’ उनले भने । उनले समयसँगै सञ्चार क्षेत्र, बजार तथा प्रसारण विधिमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै रेडियो नेपालले पनि आफूलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए ।मन्त्री तिमिल्सिनाले संस्थाको दिगोपनाका लागि आत्मसुधार अपरिहार्य रहेको उल्लेख गर्दै बाह्य सहयोगभन्दा आन्तरिक सुधारमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘रेडियो नेपालमा के गर्न जरुरी छ, सुधार गर्न के जरुरी छ, जनताको अपेक्षा के छ, अहिले र पहिलेको रेडियोमा धेरै फरक छ । बजार फरक भएको छ । प्रसारणको तरिका फरक भएको छ, आम सञ्चरप्रतिको बुझाई फरक भएको छ । हामी कति फरक भएका छौं आज भन्ने मूलभूत प्रश्न हो । हामीले वास्तवमा आफूलाई जोगाउन पनि आफैंले हो कसैले हामीलाई जोगाउँदैन ।’ यसै क्रममा उनले वर्तमान कार्यचापबारे पनि टिप्पणी गर्दै कार्यक्रमहरूमा सहभागी हुनुपर्ने बाध्यताले काममा प्रभाव पार्ने गरेको बताए । ‘अहिले कामको चापले हामी च्यापिएका छौं । कार्यक्रममा जान नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । काम मात्रै गरिरहन पाए हुन्थ्यो, परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने त्यो चिन्तनले पनि हामी थिचिएका छौं,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन तरकारी र फलफूलको भाउ कति ?
आज कुन तरकारी र फलफूलको भाउ कति ?
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...