गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
१९ पटक हेरिएको
Shares
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव

सारांश

  • मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले जनकपुरधाम उपमहानगरपालिका– १४ मा रहेको गुठीको जग्गा अतिक्रमण गरी स्थायी संरचना बनाउन लागेको पाइएको छ ।
  • जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालय नजिक गुठीको ६ कठा ५ धुर ३ कनमा जग्गा धमाधम माटोले पुरेर सांसद यादवले स्थायी संरचना बनाउन लागेका हुन् ।
  • माटो भरेर सम्याउन थालेपछि करोडौं मूल्य पर्ने उक्त जग्गा सांसद यादवले कौडीको भाउमा जनकपुरधाम–८ स्थित विजय राघव कुञ्जका पुजारी रामसागर दाससँग करारनामा गरी लिएको खुलेको छ ।

 

२२ चैत,  जनकपुरधाम ।

मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले जनकपुरधाम उपमहानगरपालिका– १४ मा रहेको गुठीको जग्गा अतिक्रमण गरी स्थायी संरचना बनाउन लागेको पाइएको छ । जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालय नजिक गुठीको ६ कठा ५ धुर ३ कनमा जग्गा धमाधम माटोले पुरेर सांसद यादवले स्थायी संरचना बनाउन लागेका हुन् ।

माटो भरेर सम्याउन थालेपछि करोडौं मूल्य पर्ने उक्त जग्गा सांसद यादवले कौडीको भाउमा जनकपुरधाम–८ स्थित विजय राघव कुञ्जका पुजारी रामसागर दाससँग करारनामा गरी लिएको खुलेको छ । जनकपुरको वडा नम्बर १४ स्थित सिट नम्बर १२७५–२४ को कित्ता नम्बर ३० को ६ कठ्ठा ५ धुर ३ कनमा जग्गामध्ये पुजारी दासबाट सांसद यादवले वार्षिक ४० किलो धान मनखपमा ४ कठ्ठा एक धुर जग्गा किनेका थिए । पुजारीले बाँकी डेढ कठ्ठा भने ज्ञानकुमार यादवलाई बेचेका थिए । उक्त जग्गा पुजारी दासले वार्षिक ४० किलो धान मनखपमा यादवलाई बेचेको करारनामा उल्लेख छ । सर्लाही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य जितेका यादवका छोरा अमितकुमार यादवको नाममा उक्त जग्गा १६ फागुन २०६८ को मितिमा करारनामा गरिएको थियो ।

सर्लाही क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य जितेका जंगीलालका छोरा अमितकुमार यादवको नाममा उक्त जग्गा १६ फागुन २०६८ मा करारनामा गरिएको पाइएको छ । ‘उक्त जग्गा आजैदेखि आफ्नो जानी, आफूखुसी घरद्वार बनाई सन्तान दरसन्तान भोगचलन गर्नुहोला,’ कागजातमा लेखिएको छ, ‘उक्त जग्गामा घर बनाउन, इजाजत, नक्सा पास, खानेपानी, बिजुली, टेलिफोन इत्यादि जडान गर्न आवश्यक परेमा यही कागजले मेरो मञ्जुरी रहेको देखाई आवश्यक कारबाही गरी काम गर्नु/गराउनुहोला ।’ पुजारी दासले आफ्नो मृत्युपछि उत्तराधिकारी चेलासमेतले उक्त जग्गामा कुनै किसिमको बाधा/विरोध गरे यसै कागजातले बदर गर्न/गराउनसमेत सहीछाप गरिदिएका छन् ।  स्थानीयका अनुसार यहाँको जग्गाको प्रतिकठ्ठाको कम्तीमा दुई करोड रुपैयाँ मूल्य पर्छ ।यता, पुजारी दासले उक्त जग्गा आफ्नो निजी सम्पत्ति रहेको दाबी गर्दै सांसद यादवलाई २२ लाख रुपैयाँमा बेचेको स्वीकार गरे ।

‘यो मेरो व्यक्तिगत सम्पत्ति हो । म त्यसको मालपोत तिर्छु । जग्गा सार्वजनिक वा निजी मेरो स्वीकृतिले हुन्छ,’ पुजारी दासले भने, ‘जनकपुरमा गुठीका धेरै जग्गा यसरी नै मनखपको कागजात गरेर बिक्री भएको छ । मैले जंगीलाल रायलाई ४ कठ्ठा १ धुर र ज्ञानकुमार यादवलाई डेढ कठ्ठा बेचेको छु । जंगीलाल रायसँग त्यसबेलामा २०/२२ लाख रुपैयाँ लिएर बेचेको हुँ ।’ उनले यसैगरी गुठीको अरु धेरै जग्गा बेचेकोसमेत स्वीकारेका छन् । उक्त जग्गामा एक सातादेखि माटो पुर्ने काम भइरहेको छ । प्रदेश सांसद यादवले निजी गुठीको जग्गा भएकाले आफूले रामसागर दाससँग २२ लाखमा खरिद गरी मनखपको कागजात गरेको दाबी गरे । ‘म संविधानसभा सदस्य नै भएको बेला निजी गुठीको जग्गा रामसागर दाससँग मनखपमा किनेको थिएँ । सय वर्षको ४० किलो धानको जोडेर एकमुस्ट २२ लाख रुपैयाँ तिरिसकेको छु,’ सांसद यादवले अनलाइनखबरसँग भने । उनले जनकपुरमा गुठी जग्गा बिक्रीको यस्तै अभ्यास रहेकोसमेत दाबी गरे । अहिले जग्गामा चारैतर्फ पर्खाल निर्माण गरी बार लगाउने काम गरिरहेको सांसद यादवको भनाइ छ ।

माटो पुर्ने काम सुरु भएपछि स्थानीय बासिन्दाले त्यसलाई रोक्ने प्रयास गरेका छन् । मन्दिरको उक्त जग्गा सांसद यादवले कब्जा गर्न खोजेको स्थानीय उदय यादवको गुनासो छ । स्थानीय दिपक पटेलका अनुसार, रोक्न खोज्दा प्रदेश सांसदले राजनीतिक प्रभाव र गुण्डा परिचालन गरी आक्रमण तथा धम्की दिने गरेका छन् ।‘यो जग्गा गुठीको सार्वजनिक सम्पत्ति हो, तर सांसद जंगीलाल रायले पदको दुरुपयोग गर्दै सस्तो मूल्यमा सार्वजनिक सम्पत्ति अतिक्रमण गरिरहेका छन् । छोरा अमितको नाममा मनखपमा जग्गा लिएर गुण्डा परिचालन गरी माटो पुर्ने काम जारी राखिएको छ । स्थानीयले विरोध गर्दा वा फोटो–भिडियो खिच्न खोज्दा कुटपिट गर्ने र धम्क्याउने कार्य भइरहेको छ,’ पटेलले गुनासो गरे । प्रदेश सांसद यादवले भने आफ्नो पक्षबाट कसैमाथि कुनै प्रकारको धम्की दिने वा कुटपिट गर्ने कार्य नभएको दाबी गरे । स्थानीयबासीले प्रहरी प्रशासनको सहयोगमा नै जग्गा अतिक्रमण भइरहेको आरोप लगाएका छन् । उनीहरूले तत्काल उक्त कार्य रोक्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र बुझाएका छन् ।

पटेलका अनुसार, सोमबार ज्ञापनपत्र बुझाउँदा प्रजिअ कडरियाले गुठी संस्थान जनकपुरका प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई बोलाएर विषय बुझी आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए । तर अहिलेसम्म कुनै ठोस प्रक्रिया अघि नबढेको र जग्गामा संरचना निर्माण कार्य निरन्तर जारी रहेको स्थानीयको गुनासो छ । यस विषयमा प्रजिअ कडरियाले जिल्ला प्रहरीलाई जग्गा लिने पक्ष र स्थानीयलाई छलफलमा बोलाई टुंगो लगाउने निर्देशन दिएको बताए । ‘निवेदन दुवै पक्षबाट आएको छ । मैले एसपीलाई दुवै पक्षलाई बोलाएर समाधान निकाल्न भनेको छु,’ उनले भने, ‘पहिले मनखपमा जग्गा लिजमा दिँदा कानुनअनुसार नै दिइन्थ्यो । अहिले त्यो व्यवस्था छ कि छैन, म बुझ्दैछु ।’ गुठी संस्थान जनकपुरका प्रमुख आनन्द कर्माचार्यले गुठीको जग्गामा स्थायी संरचना बनाउन नपाइने बताए । उनले भने, ‘निजी गुठीकैजग्गा भए पनि स्थायी संरचना बनाउन पाइँदैन ।’ कर्माचार्यले गुठीको जग्गामा स्थायी संरचना बन्न लागेको कुरा आफूलाई हालसम्म थाहा नभएको दाबी गरे । ‘गुठीको जग्गा अतिक्रमणबारे मलाई अहिलेसम्म जानकारी छैन । निवेदन प्राप्त भए त्यस बारेमा बुझेर अगाडि बढ्छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृ*त्यु
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते