रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु

सारांश

  • रामेछापको मन्थली नगरपालिका–९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ।
  • घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए ।
  • घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका–७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ ।

१३ मंसिर, रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ। घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए । घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका–७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ ।

गला फूटेको र शरीरका विभिन्न भागमा गम्भीर चोटसहित शव भेटिएको वडा सदस्य तामाङले बताए । उनका अनुसार घटना स्थल तामाङको गोठ रहेको पिपलडाँडाबाट करिब १०० मिटर दूरीमा पर्छ। शुक्रवार साँझ गोठमा जाँदै वा फर्कँदै गर्दा उनी बाघ वा चितुवाको आक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो
भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
हितेन्द्रदेव शाक्यको दाबी : लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु