Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाण्डु जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
  • पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाण्डु जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।
  • काठमाण्डु जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो ।

९ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाण्डु जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाण्डु जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । काठमाण्डु जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको छ । सर्वोच्च अदालतले यसअघि गत फागुनमा चाँडो फैसला गर्न आदेश दिएको भए पनि अहिलेसम्म फैसला हुन सकेको छैन । लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो । पछिल्लो पटक गत मंसिर २४ गते काठमाण्डु जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा तोकिएको पेसी कानुन व्यवसायीहरूको चितवनमा कार्यक्रम रहेको भन्दै सन्दीप पक्षका वकिलहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’