सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाण्डु जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
  • पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाण्डु जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।
  • काठमाण्डु जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो ।

९ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाण्डु जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाण्डु जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । काठमाण्डु जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको छ । सर्वोच्च अदालतले यसअघि गत फागुनमा चाँडो फैसला गर्न आदेश दिएको भए पनि अहिलेसम्म फैसला हुन सकेको छैन । लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो । पछिल्लो पटक गत मंसिर २४ गते काठमाण्डु जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा तोकिएको पेसी कानुन व्यवसायीहरूको चितवनमा कार्यक्रम रहेको भन्दै सन्दीप पक्षका वकिलहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
अभिनेता विजयलाई पक्राउ गर्न माग
अभिनेता विजयलाई पक्राउ गर्न माग
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली
देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार