Press 4K
आइतबार, ४ आश्विन २०८३

राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

सारांश

  • राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ ।
  • अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेट गरेका हुन् ।
  • भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो ।

 

५ वैशाख,काठमाडौं ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देश बिचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए ।

दुई देशबिचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपालीहरू दिल्ली धाउनु पर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबिच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबिचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे . आइपियूको महासभामा टर्की सरकार र संसदले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे सो क्रममा टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

टर्की र नेपालबिच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए । टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबिचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...