चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु

सारांश

  • सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो।
  • शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो।
  • काठमाडौँबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी ६ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ।

२४ चैत,  काठमाडौं-

करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो।

शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो। काठमाडौँबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी ६ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ। लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन्। यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए। हाल उनीहरूले सेवा बन्द गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
कृषि विद्युतीकरणपछि तीन बाली उब्जनी, गाउँपालिकाले तिरिदिन्छ महशुल
कृषि विद्युतीकरणपछि तीन बाली उब्जनी, गाउँपालिकाले तिरिदिन्छ महशुल
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादी दुबईबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादी दुबईबाट पक्राउ
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक