सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ११, २०८३
|
|
१४७ पटक हेरिएको
Shares
सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सारांश

  • लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ ।
  • बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
  • हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा मात्रै ४८३ घर डुबानमा परेका छन्।

११ असोज,  सप्तरी ।

लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा मात्रै ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ। शुक्रबार रातिदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए। बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको उनले बताए।

पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री वितरण गरिने नगरपालिकाको तयारी छ। लगातारको वर्षा र नदीको जलस्तरमा भइरहेको उतारचढावका कारण सप्तरीका नदी तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
कपिलवस्तुमा चैते धान खेती सुरु
कपिलवस्तुमा चैते धान खेती सुरु
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
आगामी आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
आगामी आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने