रौतहटमा एक ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ३०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
रौतहटमा एक ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

सारांश

  • रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
  • कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिदाँ चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो ।

प्रमोद सहानी

३० भदौ, रौतहट। रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिदाँ चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।स्थानीयवासीले ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप समेत लगाएका छन् । ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको छ भने मोटराइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घटनालगतै ट्रक चालक बारा निजगढ ६ का मुकुन्द पोखरेल माथि स्थानीवासीले हातपात गरेका थिए । पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए ।

झडपमा प्रहरी कार्यालय को झ्यालको सिसा फुटेका छन् भने केही प्रहरी घाइते भएका छन् । ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटना भएलगत्तै अपरान्ह ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका छन् । उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित नारबाजी गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरी बेस क्याम्पबाट दर्जनौं प्रहरी घटनस्थलमा पुगेका छन् । इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। अहिले पीडित पक्ष र प्रहरी बीच वार्ता भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
एनपीएलको तयारी पूरा खेल राति पनि हुने
एनपीएलको तयारी पूरा खेल राति पनि हुने
सिंहदरबारमा शिक्षा समितिको बैठक जारी
सिंहदरबारमा शिक्षा समितिको बैठक जारी
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु
सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 
सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी