राजनीतिबाट विश्राम, शिक्षाको यात्रामा प्रकाश पासवान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
४१ पटक हेरिएको
Shares
राजनीतिबाट विश्राम, शिक्षाको यात्रामा प्रकाश पासवान

सारांश

  • अखिल (क्रान्तिकारी) सर्लाहीका उपाध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य प्रकाश पासवानले पदबाट राजीनामा दिएका छन्।
  • लामो समयदेखि विद्यार्थी राजनीति हुँदै संगठनमा सक्रिय रहँदै आएका पासवान अब उच्च शिक्षा अध्ययनका लागि जापान प्रस्थान गर्न लागेका हुन्।
  • राजीनामा विज्ञप्तिमार्फत उनले पारिवारिक परिस्थिति र बैदेशिक अध्ययनका कारण २०८२ साल वैशाख २ गते जापान जाने जानकारी दिएका छन्।

३१ चैत,  सर्लाही ।

अखिल (क्रान्तिकारी) सर्लाहीका उपाध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य प्रकाश पासवानले पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि विद्यार्थी राजनीति हुँदै संगठनमा सक्रिय रहँदै आएका पासवान अब उच्च शिक्षा अध्ययनका लागि जापान प्रस्थान गर्न लागेका हुन्। राजीनामा विज्ञप्तिमार्फत उनले पारिवारिक परिस्थिति र बैदेशिक अध्ययनका कारण २०८२ साल वैशाख २ गते जापान जाने जानकारी दिएका छन्।

पासवानले आफ्नो बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किएको उल्लेख गर्दै उनका बुवा शम्भु पासवान जनयुद्धपूर्वदेखि नै राजनीतिक रूपमा सक्रिय रहनु भएको र दोस्रो संविधानसभा सदस्य समेत भइसकेको बताएका छन्। २०७८ सालमा अखिल (क्रान्तिकारी) सर्लाही क्याम्पस इकाइ कमिटीको सचिव हुँदै २०८१ मा केन्द्रीय सदस्य र त्यसै वर्ष जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेका पासवानले विद्यार्थी राजनीति यात्रामा साथ, प्रेरणा र स्नेह दिने सम्पूर्ण अग्रजहरूप्रति आभार व्यक्त गरेका छन्।

उनले दुःखको समयमा पार्टीका केही तहका नेताबाट सहयोग नपाएको गुनासो गरेका छन् भने आफूलाई साथ दिनेहरूलाई विशेष धन्यवाद दिएका छन्। पासवानले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी), हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र समाज परिवर्तनको निम्ति जुनसुकै कालखण्डमा, जुनसुकै अवस्थामा रहे पनि योगदान गर्दै अगाडि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो
चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
सशस्त्रका ५ एसपीको सरुवा
सशस्त्रका ५ एसपीको सरुवा