मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक निरीक्षण गरेका छन् ।
  • प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालमा छड्के निरीक्षण थालेका हुन् ।
  • साेही क्रममा एउटा कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका मुख्यमन्त्री सिंह बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

जनकपुरधाम, २० भदाै ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक निरीक्षण गरेका छन् ।

प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालमा छड्के निरीक्षण थालेका हुन् ।

साेही क्रममा एउटा कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका मुख्यमन्त्री सिंह बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

छड्के अनुगमनक्रममा उनले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिए । उनले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसअनुसार नै अस्पतालकर्मीकाे व्यवहार हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले स्वास्थ्याेपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतका विभाग अनुगमन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय